Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मरिसकेको ठानेका छाेरा तीन वर्षपछि घर फर्किएपछि परिवारमा खुशीयाली

मरिसकेको ठानेका छाेरा तीन वर्षपछि घर फर्किएपछि परिवारमा खुशीयाली

महोत्तरी: महोत्तरीको मनराशिस्वा नगरपालिका–९ बथनाहाका छठु महतोको घरमा तीन वर्षपछि हराएका छोरा बदियल महतो फर्किएपछि खुशीयाली छाएको छ।

२०७८ फागुनमा रोजगारीका लागि दुबई गएका ४० वर्षीय बदियल महतो करिब ६ महिनासम्म मात्र परिवारसँग सम्पर्कमा थिए। त्यसपछि सम्पर्कविहिन भएपछि परिवारले उनी मृत्यु भएको ठानेका थिए।

तर, मनराशिस्वाका युवा सुनिल पाण्डेयको निरन्तर प्रयासपछि दुबईस्थित नेपाली दूतावास र त्यहाँका प्रहरी युनिटहरूसँगको समन्वयमा बदियल जीवितै फेला परेका हुन्। दुई वर्षको खोजीपछि उनी २३ जनवरी २०२६ सम्मको ‘फ्रि पास’ लिएर कार्तिक १९ गते घर फर्किएका हुन्।

उद्धारमा संलग्न समाजसेवी पाण्डेयले दुबईका प्रहरी युनिटहरूमा फोटो र कागजात बुझाएर खोजतलास जारी राखेका थिए। उनको सकुशल फर्किएपछि घर र टोलमा भीड लागेको छ।

मानसिक सन्तुलन केही बिग्रिएका बदियलले दुबईमा भारी काम गर्नुपरेको बताएका छन्। उनका श्रीमती र दुई सन्तान हाल भारतको भटिण्डामा रहेका छन्। वुवा छठु महतोले छोराको उद्धारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै एजेन्टले लिएको करिब तीन लाख रुपैयाँ फिर्ता दिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट