Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका–१६ बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर गाउँपालिका–९ घर भएका ३० वर्षीय अनिल तामाङ छन् ।

प्रदेश–०३–०१–००६ ख १६५६ नम्बरको टिपरले तामाङ सवार बागमती प्रदेश–०२–०४८ प ३५३४ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो ।

मोटरसाइकमा सवार अर्का घाइतेको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट