Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नारायणी किनारमा खेलकुद महोत्सव : आज सृजना खत्री र रक हेड्सले दर्शक झुमाउने !!

नारायणी किनारमा खेलकुद महोत्सव : आज सृजना खत्री र रक हेड्सले दर्शक झुमाउने !!

चितवन : नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सव आज चौथो दिनमा प्रवेश गरेको छ । कार्तिक १८ गतेबाट सुरु भएको महोत्सवको चौथो दिन आज पनि चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।

आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अनुसार आज चर्चित गायिका सृजना खत्री हाउडे माया र द रकहेड्स ब्याण्डको प्रस्तुति रहनेछ । गायिका सृजनाको ुनौटंकी मायाु ुडबल मायाु लगायतका चर्चित गीतहरु रहेका छन् ।

यस्तै युवा पुस्ता माझ निकै लोकप्रिय द रकहेड्स ब्याण्डको ुभावनाु ुहजार जन्मु ुसहाराु लगायतका चर्चित गीत रहेका छन् । आफ्न चर्चित गीतहरुबाट खत्री र रकहेड्सले आज दर्शक झुमाउनेछन् ।

मंसिर २ गतेसम्म चल्ने महोत्सवमा हरेक दिन दर्शकहरुको उपस्थिति बढ्दो क्रममा रहेको महोत्सव संयोजक विकल क्षेत्रीले जानकारी दिए । महोत्सवमा व्यापिरिक, कृषि, नेपाली उत्पादन, खाजालगायतका लागि ३ सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माण गरिएको छ ।

लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले चितवनमा नै पहिलो पटक महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने महोत्सव संयोजक विकल क्षेत्रीले बताए ।

महोत्सवमा भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ । यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि निस्शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट