Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सर्लाहीमा ट्याक्टर–मोटरसाइकल ठक्कर, एक जनाको मृत्यु

सर्लाहीमा ट्याक्टर–मोटरसाइकल ठक्कर, एक जनाको मृत्यु

सर्लाही : सर्लाहीको कविलासी नगरपालिका–६, मदनपुर बजार नजिक बिहीबार साँझ ट्याक्टरले मोटरसाइकल ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर–५, मोहनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको पछाडि सवार १९ वर्षीय राजु ठाकुर लोहार गम्भीर घाइते भएका छन् र उनलाई प्रादेशिक अस्पताल मलङ्गवाबाट राति नै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंतर्फ रेफर गरिएको छ।

ट्याक्टरलाई दुर्घटनापछि इलाका प्रहरी कार्यालय हरिपुरमा राखिएको छ भने चालक शुक्रबार बिहानसम्म फरार रहेका छन्। प्रहरीले उनको खोजी तीव्र बनाएको छ।

सहायक प्रवक्ता इन्स्पेक्टर विन्देश्वर यादवका अनुसार दुर्घटनास्थल एकान्त भएको र प्रत्यक्षदर्शी नभएकाले थप अनुसन्धानमा समस्या परेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट