काठमाडौँ : सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ। अनिवार्य भेटघाट गर्नु परेमा स्वीकृति लिन भनिएको छ।बिहीबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूमा परिपत्र जारी गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्त व्यक्तित्वहरू, राजनीतिक दलहरूका नेतृत्व तथा पदाधिकारी लगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरूमा भेटघाट गर्न कडाइ गरिएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जारी गरेको सूचनामा भनिएको छ।
सशस्त्र प्रहरी कर्मचारीहरूले कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश स्वीकृत गरी लागु गरिएको हुँदा सोको पालना गर्न भनिएको छ।
जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूले विभिन्न उच्च पदस्त व्यक्तित्वहरू, सामाजिक अभियन्ता लगायतका विभिन्न संचारमाध्यमहरूलाई संगठनका निर्दिष्ट लक्ष्य तथा योजनाहरूमा प्रतिकूल हुने गरी आफ्नो व्यक्तिगत लाभ र अवसरहरू तथा संगठनका गोप्य सूचनाहरू अनाधिकृत रूपमा प्रकाशन गरेको पाइएमा कडा कारबाही गरिने सूचनामा उल्लेख छ।
राष्ट्र सेवाको लागि माइनस २० डिग्री सेल्सियस न्यूनतम तापक्रमदेखि ४० डिग्री सेल्सियस उच्चतम तापक्रमसम्म निःस्वार्थ भएर २४ सै घण्टा दत्तचित्त भई सेवा गर्ने राष्ट्रसेवक कर्मचारीहरूको समेत मनोबल उच्च हुने गरी संगठनले कार्य गरिरहेको हुँदा कसैको दबाब र भनसुनले राम्रो अवसर दिन नसकिने बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij