Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

हतियार लुटपाटमा संलग्न रहेको आरोप लागेका ११ जनाविरुद्ध मुद्दा दर्ता

हतियार लुटपाटमा संलग्न रहेको आरोप लागेका ११ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ : भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका गौतम घिसिङसहित ११ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । दोलखाको शैलुङ गाउँपालिका–१ घर भई काठमाडौँ महानगरपालिका–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ सहितले प्रहरीलाई बर्दी खोल्न लगाएर बागमती खोलामा हाम फाल्न लगाएका थिए ।

घिसिङले बयानमा आफूसहितका आन्दोलनकारीहरूले भिएस निकेतन कलेजको पाँचौँ तलामा पुगेका प्रहरीलाई तल ओरालेर गालीगलौज र धम्की दिँदै पोसाक खोल्न लगाएर बागमतीमा हाम फाल्न लगाई ढुङ्गा मुढा प्रहार गरेर कुटपिट गरेको स्वीकार गरेका छन् ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले घिसिङसहित ११ जनालाई ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन् । उनीमाथि ४ असोज २०७९ र १० फागुन २०७९ मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशालामा मुद्दा दर्ता भएको थियो ।

त्यस्तै प्रहरीको हतियार लुटेर फोटो प्रदर्शन गर्ने सिन्धुली मरिण गाउँपालिकाका कुमार रोक्का, रौतहट राजपुर नगरपालिका वडा नं ७ का अंशुकुमार गुप्ता, धनुषा हंसपुर नगरपालिका २ का अजयकुमार साह, सप्तरीका देवराज राय, काठमाडौँ महानगरपालिका ३१ का उत्कर्ष श्रेष्ठ, रौतहट गरुडा नगरपालिकाका लकिबाबु जयसवाल, रौतहटका सौरभ यादव, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका धिरज थापा, धनकुटा हिले नगरपालिकाका नवीन राई, दोलखा शैलुङ गाउँपालिकाका घिसिङ र पाल्पा रम्भा गाउँपालिकाका विवेक बस्नेतविरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट