काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ९ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार गरिएको चेकिङमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ४ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५ जना चालक पक्राउ परेका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले दिएको जानकारीअनुसार, मादक पदार्थ सेवन गरी नियन्त्रणमा आएका ५ जनामा सार्वजनिक भाडाका सवारी साधनका २ जना, स्कुल बसका २ जना र माइक्रो बसका १ जना चालक रहेका छन् ।
त्यस्तै, लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना सबै भाडाका बस चालक हुन्। नियन्त्रणमा आएका सबै चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक सुवेदीले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij