Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोङ्गबुबाट ४ जना लागुऔषध सेवनकर्ता पक्राउ

गोङ्गबुबाट ४ जना लागुऔषध सेवनकर्ता पक्राउ

काठमाडौँ : काठमाडौँको टोखा नगरपालिका–९ स्थित गोङ्गबुबाट प्रहरीले लागुऔषध सेवनकर्ताहरूलाई पक्राउ गरेको छ । ४ जना सेवनकर्ताहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले  बताए ।

पक्राउ पर्नेमा सुनसरीको धरान घर भएका १९ वर्षीय सुजल विश्वकर्मा, काभ्रेको रोशी गाउँपालिका–५ घर भएका ३२ वर्षीय निरज लामा, झापा घर भएका ३१ वर्षीय विदुर याङ्बो र भोजपुर घर भएका १९ वर्षीय रोमन राई छन् ।

सुजल विश्वकर्माको डेराको गलैँचामुनि लुकाएर राखेको अवस्थामा ०.५० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । आरोपीहरूमाथि प्रहरी प्रभाग गोंगबुले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट