झापा : यहाँको बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ ।गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको इन्सास थान १ ९क्रम सङ्ख्या ०३११००८७२०, म्याग्जिन थान–१, १९ राउन्ड सावुत र २ राउन्ड बेसावुत गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार साँझ ४ः ४५ बजे बिर्तामोड–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीमा इन्सास हतियार फेला हो । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको २२ थान हतियार अझै बेपत्ता रहेको प्रवक्ता खड्काले बताए ।
जेनजी आन्दोलनका क्रममा झापामा विभिन्न प्रकारका १०३ थान हतियार लुटिएका थिए । तीमध्ये ८१ थान हतियार फेला परिसकेको छ । जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा हतियार फेला परिरहेका छन् ।
File Photo
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij