Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास हतियार

पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास हतियार

काठमाडौं :  तारकेश्वर नगरपालिका–११ बाट स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कैलालीको टिकापुर–१ का शिवराज धमला छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । उनी पठाओ राइडर पनि रहेको खुलेको प्रहरीले बताएको छ ।

उनीबाट प्रहरीले स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।उक्त हतियारहरू २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएको बताइएको छ ।जेनजी आन्दोलनको बेला प्रहरीका मात्रै १ हजार २७१ हतियार आन्दोलनकारहरूले लुटेका थिए । ५ सय भन्दा बढी हतियार अझै बेपत्ता छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट