काठमाडौँ : जेनजी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीबारे अनुसन्धान गर्न आग्रह गर्दै विशेष अदालतले प्रहरीमा जाहेरी दिएको छ ।विशेष अदालतको तर्फबाट जाहेरी आएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) पवन भट्टराईले रातोपाटीलाई बताए ।
बुधबार जाहेरी दिँदै विशेषले भदौ २४ मा भएको तोडफोड र आगजनीको अनुसन्धान गर्न आग्रह गरेको छ । एसपी भट्टराईले उच्छृङ्खल गतिविधिमा संलग्नहरूमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘अदालतमा आगजनी गर्नेहरूको पहिचान गर्ने प्रयास भइरहेको छ ।’
विशेष अदालतले आगजनीमा संलग्नहरूलाई पक्राउ गरेर क्षति बराबरको बिगो भराउन माग गरेको छ ।यसअघि सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, महान्यायाधिवक्ताको कार्यालय र हायात होटल लगायतले प्रहरीमा जाहेरी दिएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij