काठमाडौँ L जेनजी प्रदर्शनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एकजना थुनुवालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–७ बतासे घर भएर भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन बस्दै आएका ३७ वर्षीय रमेश दाहाल छन् ।
उनलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले पक्राउ गरेको हो । लागुऔषध मुद्दामा पुर्पक्षको लागी थुनामा राखिएका प्रतिवादी भदौ २४ मा कारागारबाट भागेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij