Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोरखाकाे मर्स्याङ्दी नदीमा महिलाको शव फेला

गोरखाकाे मर्स्याङ्दी नदीमा महिलाको शव फेला

सुलीकोट :  गोरखाको मर्स्याङ्दी नदीमा ४६ वर्षीया हरिमायाँ कुमालको शव फेला परेको छ। जिल्लाको पालुङटार नगरपालिका–७ माझी गाउँकी कुमाल शनिबार बिहान ४ बजेदेखि हराइरहेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, शव मंगलबार दिउँसो १ बजे नदीको किनारमा मृत अवस्थामा फेला परेको हो। स्थानियबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी टोली घट्नास्थल पुगेको र मृतकको शव पोष्टमार्टमको लागि प्रदेश अस्पताल गोरखामा पठाइएको छ। घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट