Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तीन दिनदेखि फरार निकोलस भुसाल सार्वजनिक शान्ति भंग गरेको आरोपमा पक्राउ

तीन दिनदेखि फरार निकोलस भुसाल सार्वजनिक शान्ति भंग गरेको आरोपमा पक्राउ

काठमाडौं : तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल अखेर पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार भुसाललाई सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्‍याएको आरोपमा पक्राउ गरिएको हो ।

निकोलस पछिल्ला दिनमा सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा अण्ठसन्ठ बोल्दै आएका थिए । तीन दिनअघि उनले माइतीघरमा प्रदर्शनको आव्हान गरे पनि स्वयम् उपस्थित भएका थिएनन् ।

यसअघि माइतीघरमै भएको प्रदर्शनको क्रममा पक्राउ परेका निकोलसले गाँजा सेवन गरेको प्रमाण भेटिएपछि उनलाई रिह्याब सेन्टरमा राख्ने सर्तमा परिवारको जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट