Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

कैलाली  :  कैलालीमा दुई जना भारतीय नागरिक रु. २८ लाखसहित पक्राउ गरेका छन् । सोमबार धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट रु २८ लाख ३५० सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार मिलनचोकबाट भारतको लखिमपुर खिरी पलियाका हरचित गुप्ताले चलाएको भारतीय युपी ३१ सिएन ११७५ नम्बरको कारमा जाँच गर्दा त्यसमा सवार सोही ठाउँका सागर गुप्तालाई स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो ।निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट