काठमाडौँ : प्रहरी प्रभाग बलम्बुमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाहीको मलंगवा गाउँपालिका–४ घर भएर चन्द्रागिरी बस्ने १८ वर्षीय धर्मजित यादव छन् ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा यादव बलम्बुमा तोडफोडमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।आन्दोलनमा प्रदर्शनकारीले बा.१ झ ७४१८ नम्बरको गाडी जलाएका थिए । उनलाई थप अनुसन्धानका लागी बलम्बु प्रभागले प्रहरी वृत्त थानकोटमा पठाएको छ ।सो प्रभागमा तोडफोड गरेको आरोपमा यसअघि अर्का एक जना पक्राउ परेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij