रुकुम पूर्व : रुकुम पूर्वको भुमे गाउँपालिका–१ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार लुगुमबाट बराहातालतर्फ जाँदै गरेको रा.१ ह ६७९७ नम्बरको अटो हिजो बेलुका अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा लुगुमकी ३० वर्षीया रेजिना घर्ती मगर र २५ वर्षीया फिसोल्टी घर्ती मगरको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुबै जना एकै घरकी जेठानी–देउरानी हुन् ।
घाइते हुनेमा २६ वर्षीया प्रतीक्षा बुढामगर, उनको ११ महिनाको छोरा सुभम बुढामगर, २५ वर्षीया ब्युटी पुन मगर, उनकी छोरी २३ महिनाकी समृद्धि पुन मगर र ३ वर्षीय सक्षम घर्ती मगर छन् । उनीहरू सबैको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अटो चालक २९ वर्षीय जोते घर्ती मथर भने दुर्घटनापछि फरार रहेको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij