Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

परस्त्रीसँग होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु, कारण खोतल्दै प्रहरी

परस्त्रीसँग होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु, कारण खोतल्दै प्रहरी

बुटवल : बुटवलमा परस्त्रीसँग होटलमा बसेका एक पुरुषको रहस्यमय ढंगले मृत्यु भएको छ । प्रहरीले उक्त घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ । बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा एक विवाहित महिलासहित होटल पुगेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको शनिवार दिउँसो मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले क्षेत्रीको मृत्युबारे अनुसन्धान भइरहेको जानकारी दिए । क्षेत्रीको शव पोस्टमार्टमका लागि तत्कालै पठाइएको बताउँदै उनले त्यसको रिपोर्ट आएपछिमात्र मृत्युको कारणबारे थाहा हुने प्रस्ट पारे ।

‘शवमा बाहिरी चोटपटक केही देखिएको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण भन्न गाह्रै छ,’ उनले भने । प्रहरीका अनुसार शनिबार दिउँसो बुटवल–२ पाखा पानीकी ३० वर्षीय महिलासँग क्षेत्री सो होटलमा पुगेका थिए । ती महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूका साथ दुई बच्चा पनि थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार होटलको फरक तलामा एक–एक वटा कोठा बुक गरे पनि उनीहरूले एउटै रुपमा मगाएर खाजा खाएका थिए । अचानक क्षेत्री बेहोस भएको भन्दै उनीसँगै होटलमा बसेकी महिलाले होटल सञ्चालकलाई जानकारी गराएकी थिइन् । त्यसपछि क्षेत्रीलाई तत्काल एम्बुलेन्समा राखेर लुम्बिनी प्रादेशिक अस्पताल पु‍¥याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

माथिल्लो तलाको कोठामा सँगै बसेर मासु र मदिरा सेवन गरेपछि उनीहरू तल्लो तलाको कोठामा बसेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले क्षेत्रीसँगै रहेकी महिलालाई सोधपुछका लागि नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट