Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

धनुषामा बस–अटो ठोक्किँदा चारको मृत्यु, दुई गम्भीर घाइते

धनुषामा बस–अटो ठोक्किँदा चारको मृत्यु, दुई गम्भीर घाइते

ढल्केबर : धनुषाको वीरेन्द्र बजारमा यात्रुवाहक बस र अटो ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ करिब ७ बजेतिर ठक्कर दिएको हो।

मृतकमध्ये धनबहादुर पूर्वछाने मगर (४०), उनकी श्रीमती निशा मगर (३५), शम्भु पूर्वछाने मगर (३५) र डम्बर राई (४०) रहेका छन्। घाइतेहरूमा धनबहादुरकी १४ वर्षीया छोरी सितल मगर र रमेश मगरका ९ वर्षीय छोरा रोशन मगर छन्।

घाइतेलाई जनकपुर अस्पताल पु-याइएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट