Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भोजपुरमा ट्याक्टर दुर्घटना — दुईको मृत्यु, चार घाइते

भोजपुरमा ट्याक्टर दुर्घटना — दुईको मृत्यु, चार घाइते

भोजपुर :  भोजपुरको षडानन्द नगरपालिका–४ दुबे स्थित चाम्लादाङबाट दिङ्लातर्फ आइरहेको ट्याक्टर अनियन्त्रित भई सडकबाट झर्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

प्रदेश नं. १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी बोकेर आउँदै गर्दा अनियन्त्रित भई करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिनुभयो।

दुर्घटनामा ट्याक्टर चालक षडानन्द–४ का आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका नवीन तामाङको घटनास्थलमै मृत्यु भएको हो।
ट्याक्टरमा सवार अन्य ४ जना — १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ घाइते भएका छन्। उनीहरूको उपचार नगर अस्पताल दिङ्लामा भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट