सप्तरी : सप्तरीको बोदेबर्साईन नगरपालिका–२ बैरियामा शनिबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
लुगा सुकाउने क्रममा फलामको तारमा करेन्ट प्रवाह हुँदा २८ वर्षीया मालतीदेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
गम्भीर घाइते साहलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।
मालतीलाई बचाउने क्रममा करेन्ट लागेर उनकी सासू ५० वर्षीया सीतादेवी साह र छिमेकी ६० वर्षीया रामपृत साह घाइते भएका छन्। दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय मोहन साहको घरमा रहेको विद्युत् बोर्डबाट लुगा सुकाउने फलामको तारमा करेन्ट प्रवाह भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij