Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बाजुरामा बस दुर्घटना, पाँच जना घाइते

बाजुरामा बस दुर्घटना, पाँच जना घाइते

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका–७ सेरकाटियानजिक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका–१ को कोल्टी बसपार्कबाट मार्तडी हुँदै धनगढीतर्फ गइरहेको सुप्र ०१००१ ख ३१८१ नम्बरको बस आज बिहान सडकमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा बडिमालिका–७ का ४२ वर्षीय शङ्करराज सार्की, ३२ वर्षीय जयराज जैशी, बुढीनन्दा–१ की ५३ वर्षीय सेते लुहार, ५३ वर्षीय जङ्गबीर सार्की, ४४ वर्षीय जयलाल विक र गौमुल गाउँपालिका–६ का २१ वर्षीय चालक तुलाराम सार्की घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि बुढीनन्दा नगरपालिका–१ कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा लगिएको छ। सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगन भाटले जानकारी दिए।

प्रारम्भिक अनुसन्धान अनुसार बाटो साँगुरो र उकालो भएको कारण बस सडकमा पल्टिएको सुदूरपश्चिम यातायात बाजुराका उद्धार समिति सदस्य रामचन्द्र गिरीले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट