Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आइतबारदेखि बेपत्ता ३२ वर्षीयको शव गाडिएको अवस्थामा फेला

आइतबारदेखि बेपत्ता ३२ वर्षीयको शव गाडिएको अवस्थामा फेला

झापा : गत आइतबारदेखि बेपत्ता झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको शव गाडिएको अवस्थामा फेला परेको छ । शर्मा आइतबारदेखि गाडीसहित बेपत्ता भएका थिए । उनी सवार बागमी प्रदेश ०१–०३०च ७१९४ नम्बरको गाडी शुक्रबार मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा फेला परेको थियो ।

शनिबार झापा गाउँपालिका–५ र बाह्रदशी गाउँपालिका–२ लाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत विरिङ खोलाको पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेको हो ।यसैबीच घटनामा संलग्न भएको आरोपमा शिवसताक्षी–१० का सुनिल शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै शर्माका दुई साथीलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । प्रहरीले नियन्त्रणमा लिएसँगै आक्रोशित स्थानीय र पीडित परिवारका सदस्यहरूले आरोपितको घरमा तोडफोड गरेका छन् । उनीहरूले एउटा अटोमा समेत आगजनी गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट