Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कञ्चनपुरमा यात्रुबाहक बस दुर्घटना, एक जनाको मृत्यु

कञ्चनपुरमा यात्रुबाहक बस दुर्घटना, एक जनाको मृत्यु

धनगढी :  काठमाडौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस आज कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा बङ्कका ४२ वर्षीय बलबहादुर बोहराको ज्यान गएको हो। गम्भीर घाइते भएका बोहराको वाणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बसमा सवार अन्य चार जना सकुशल छन्। दुर्घटनापछि बस चालक वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पूर्व–पश्चिम राजमार्गको सो खण्डमा बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट