Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

झापामा फिल्मी शैलीमा अपहरणपछि हत्या, शव पुलमुनि गाडिएको अवस्थामा फेला

झापामा फिल्मी शैलीमा अपहरणपछि हत्या, शव पुलमुनि गाडिएको अवस्थामा फेला

दमक : झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको फिल्मी शैलीमा अपहरणपछि हत्या गरिएको खुलेको छ। एक सातादेखि बेपत्ता रहेका शर्माको शव शनिबार बिहान झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिकको बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेको हो।

स्थानीयले बिहान पुल आसपास दुर्गन्ध फैलिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयले खाल्डो खनेर हेर्दा कालो प्लास्टिकमा बेरेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शवसँगै फेला परेको नागरिकताको आधारमा मृतकको पहिचान भएको शिवसताक्षी–१० का वडा सदस्य दीपक पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार परिवारका सदस्यहरूले पनि शवको सनाखत गरेका छन्।

शर्माले चलाउँदै आएको बा १३ च ३८६४ नम्बरको कार यसअघि मङ्गलबार झापाको मेचीनगर–१३ चारआली–भद्रपुर सडक नजिक हातेमालो सामुदायिक वनभित्र जलाइएको अवस्थामा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रकुमार खड्काका अनुसार शव कुहिएको अवस्थामा भेटिएकाले नचिनिने अवस्थामा थियो। परिवारका सदस्यको सनाखतपछि अनुसन्धान सुरु गरिएको र हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेकाहरूको विवरण भने सार्वजनिक गरिएको छैन। स्थानीय बासिन्दाहरूले अपहरणपछि हत्या गरिएको भन्दै दोषीलाई छिट्टै सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट