Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गैँडाकोटमा बस र तेल ट्याङ्कर ठोक्किँदा चार जना घाइते

गैँडाकोटमा बस र तेल ट्याङ्कर ठोक्किँदा चार जना घाइते

नवलपुर :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा बस र तेल बोक्ने ट्याङ्कर एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो बुटवलबाट बिरगञ्जतर्फ जाँदैगरेको लु २ ख ६८२८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख ६१ नम्बरको तेल ट्याङ्कर ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याङ्कर चालक नवलपुरको मध्यबिन्दु नगरपालिका–८ का ५६ वर्षीय तिलकराम योगी थारु, बस चालक पाल्पा रम्भा गाउँपालिका–३ का ३७ वर्षीय विकास न्यौपाने, बसमा सवार नवलपुरको बर्दघाट नगरपालिका–२ की ३३ वर्षीया गंगाकुमारी गिरी र उहाँकी ७ वर्षीया छोरी अर्पना गिरी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार सबै घाइतेलाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट