Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बञ्चरेडाँडामा अवरोध, कामपाको आग्रह — “फोहर घरमै सुरक्षित राख्नुस्”

बञ्चरेडाँडामा अवरोध, कामपाको आग्रह — “फोहर घरमै सुरक्षित राख्नुस्”

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाले फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएपछि महानगरवासीलाई केही दिनका लागि घरबाट फोहर ननिकाल्न अनुरोध गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै घर, कार्यालय तथा कम्पाउन्डमा उत्पन्न हुने फोहर सुरक्षित रूपमा राख्न र सडक तथा सार्वजनिक स्थलमा जथाभावी नफाल्न आग्रह गरेको हो ।

कामपाका अनुसार हाल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन अस्थायी रूपमा रोकिएको छ ।

सूचनामा भनिएको छ, “फोहर बिसर्जन गर्न नसकिएकोले महानगरवासीले केही दिनका लागि फोहर घरभित्रै सुरक्षित रूपमा राख्न र फोहर सडक वा सार्वजनिक स्थानमा नफाल्न सहयोग पुर्‍याउन अनुरोध गरिन्छ।”

महानगरले समस्या समाधानका लागि सरोकारवाला निकायहरूसँग छलफल जारी राखेको र चाँडै नियमित व्यवस्थापन पुनः सुरु हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट