काठमाडौँ : काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राममन्दिर परिसरमा अनधिकृत रूपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ। शुक्रबार बिहान महानगरको टोलीले गुठी संस्थानको जग्गा अतिक्रमण गरी बनेका टहरा र अस्थायी संरचनाहरू हटाएको हो।
गुठी संस्थानले पटक–पटक अतिक्रमण हटाउन अनुरोध गरे पनि पालना नभएपछि महानगरको सहयोगमा कारबाही गरिएको थियो। महानगरको टोलीले टहरामा बस्नेहरूलाई बाहिर निकाली संरचना भत्काएको बताइएको छ।
महानगरका अधिकारीका अनुसार, राममन्दिर क्षेत्र गुठी संस्थानको स्वामित्वमा रहेको भए पनि त्यहाँ वर्षौंदेखि अस्थायी टहरा र पसलहरू बनेका थिए। कारबाहीपछि सो क्षेत्र सफा र खुला बनाइएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij