Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

धनकुटामा यात्रुबस दुर्घटना, २६ यात्रु सकुशल

धनकुटामा यात्रुबस दुर्घटना, २६ यात्रु सकुशल

 धनकुटा :  धनकुटा नगरपालिका–९ तिनघुम्ति स्थित कोसी लोकमार्गमा आज बिहान यात्रुबस दुर्घटना हुँदा एक जना महिला घाइते भएकी छन्।

प्रहरीका अनुसार, दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९५१९ नम्बरको यात्रुबस हावाको पाइप पड्किँदा अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा मोरङ, लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ ढाडमा चोट लागी सामान्य घाइते भएकी छन्। उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बसमा रहेका अन्य २६ जना यात्रु भने सकुशल रहेका छन्।

दुर्घटनापछि प्रहरी चौकी मुलघाटबाट पुगेको टोलीले उद्धार कार्य सम्पन्न गरेको र सडक आवागमन सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij