Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भारतबाट उद्धार गरिएका १६ बालबालिकालाई परिवारको जिम्मा लगाइयो

भारतबाट उद्धार गरिएका १६ बालबालिकालाई परिवारको जिम्मा लगाइयो

काठमाडौँ : भारतको विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरेर आज परिवारको जिम्मा लगाइएको छ । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा आज उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र विहार पुगेका ती बालबालिकाहरूलाई भारतीय प्रहरीको सहयोगमा किन इन्डिया नामक संस्थाले उद्धार गरेर सबै प्रक्रिया पुरा गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा बालबालिकाको अभिभावकहरूलाई जिम्मा लगाउने काम भएको हो ।

उद्धार गरिएका बालबालिकाहरूमा मधेस प्रदेशका महोत्तरी, धनुषा, सिराहा, रौतहट तथा सप्तरी जिल्लाका रहेका छन् । उनीहरूको उमेर ९ वर्ष देखि १७ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद्का मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव कुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij