काठमाडौँ : राहदानी विभाग परिसरबाट सेवाग्राहीहरूलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको आधारमा बिहीबार दुई जनालाई पक्राउ गरिएको छ ।विभागका अनुसार सेवाग्राहीहरूसँग विभिन्न बहानामा रकम असुल गर्दै आएको सूचनाको आधारमा उनीहरूलाई विभाग परिसरबाटै पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीमा बुझाइएको हो।
राहदानी विभागले भ्रष्टाचारजन्य गतिविधिका सम्बन्धमा शून्य सहनशीलता नीति अङ्गीकार गरेको जनाएको छ।साथै यस प्रकारका कुनै पनि बहानामा सेवाग्राहीसँग रकम असुल्ने वा ठगी गर्ने व्यक्तिहरूबाट सावधान रहन आग्रह गरिएको छ। विभागले सबै सेवाग्राहीलाई कसैले रकम मागेमा विभागमा जानकारी गराउन समेत अनुरोध गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij