Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काभ्रे अदालतको आदेश : दलित अभियन्ता खगेन्द्र सुनार ५० हजार धरौटीमा रिहा

काभ्रे अदालतको आदेश : दलित अभियन्ता खगेन्द्र सुनार ५० हजार धरौटीमा रिहा

काठमाडौँ : विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दामा पक्राउ परेका दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ।

काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटीबापत रिहा गर्न आदेश दिएको हो।

अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर भएपछि सुनार फरार सूचीमा परेका थिए। उनी मन्त्रीमा सिफारिस भइसकेपछि मात्रै पक्राउ पुर्जी जारी भएको खुलेको थियो।

अदालतले गत साउन ५ गते दैलेख प्रहरीलाई पक्राउको अनुमति दिँदै सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। गौतमले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध सुनारले गरेको गालीगलौज र अपमानजनक टिप्पणीका प्रमाणका रूपमा स्क्रिनसटसहित मुद्दा दायर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij