Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नदीमा पौडी खेल्दा किशोर बेपत्ता, खोजी कार्य जारी

नदीमा पौडी खेल्दा किशोर बेपत्ता, खोजी कार्य जारी

स्याङ्जा : कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्। बुधबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा उनी हराएका हुन्।

बेपत्ता हुने किशोर कैलालीका १५ वर्षीय बखन शाही हुन्, जो साथीहरूसँग भ्रमणका लागि आएका थिए। उनका साथी १६ वर्षीय बिराज न्यौपानेलाई स्थानीय र प्रहरीले जीवितै उद्धार गरेको छ।

स्थानीय शिवहरी अमात्यका अनुसार देउसी–भैलो कार्यक्रमपछि घुम्न आएका किशोरहरूको समूह नदीमा पौडी खेल्न गएको थियो। प्रहरीका अनुसार उनीहरू ना ६ ख २५३१ नम्बरको बसमा साथीहरूसँगै आएका थिए।

घटनापछि प्रहरी र स्थानीयबासीले बुधबारदेखि निरन्तर खोजीकार्य गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रशन्न राज चौधरीका अनुसार खोजी टोलीले बिहीबार बिहानैदेखि समेत नदी आसपास क्षेत्रमा खोजी जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij