Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा

गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा

काठमाडौँ : गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनी ७ हजार धरौटी बुझाएर छुटेका हुन् । जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’ आरोपमा प्रहरीले असोज १९ मा उनलाई टोखाबाट पक्राउ गरेको थियो ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि अहिले सातौंपटक पक्राउ परेर छुटेका हुन् । उनलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले बताए ।

यसअघि साउन १२ मा ठमेलको नर्सिङ चोक स्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए । सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेको प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij