Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

चितवनमा जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका दुई युवक सहिद नबन्ने सुरक्षा समितिको निष्कर्ष ,आपराधिक गतिविधिमा संलग्नताको प्रमाण

चितवनमा जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका दुई युवक सहिद नबन्ने सुरक्षा समितिको निष्कर्ष ,आपराधिक गतिविधिमा संलग्नताको प्रमाण

राजेन्द्र आचार्य

चितवन : जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते चितवनमा मृत्यु भएका दुई युवालाई अपराध र अराजक गतिविधिमा संलग्न रहेको प्रमाणका आधारमा ‘सहिद’ घोषणा गर्न नहुने निष्कर्ष जिल्ला सुरक्षा समितिले निकालेको छ।समितिले आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटनालाई अध्ययन गरी आन्दोलन, अपराध र अराजकताबीचको सीमारेखा छुट्याउँदै आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई सहिदको सूचीमा राख्न नहुने निर्णय गरेको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालका अनुसार, समितिले प्रमाणसहितको प्रतिवेदन दुई साताअघि नै केन्द्र सरकारलाई पठाइसकेको छ।“मृत्यु भएका दुवै युवक आपराधिक कार्यमा संलग्न रहेको पुष्टि भएकाले सहिद घोषणा गर्न नहुने सिफारिस गरिएको हो,” सीडीओ अर्यालले  बताए।प्रहरीको रिपोर्टअनुसार, भदौ २४ गते भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीको घरमा आगजनी र लुटपाट गर्ने क्रममा १९ वर्षीय सरोज गुरुङको जलेर मृत्यु भएको हो। ग्यास सिलिन्डर पड्किएर घाइते भएका गुरुङको उपचारका क्रममा निधन भएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, रत्ननगर नगरपालिकाका मेयरको कार्यकक्षमा जलेको अवस्थामा भेटिएका १८ वर्षीय साहिल मिया (भारतको विहार राज्यका निवासी) पनि सोही क्रममा मृत्यु भएका थिए। समितिको अनुसन्धानले मिया समेत आगजनी र लुटपाटमा संलग्न रहेको पुष्टि गरेको छ।सुरक्षा समितिले यी दुई घटनालाई आन्दोलनको नाममा गरिएका आपराधिक गतिविधिको रूपमा वर्गीकरण गरेको छ।सीडीओ अर्यालले भने, “राजनीतिक आन्दोलन र आपराधिक गतिविधि छुट्याउन जरुरी छ। प्रमाणका आधारमा सहिद घोषणा नगर्ने सिफारिस त्यसै कारण गरिएको हो।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij