काठमाडौँ : व्यवसायी तथा नेकपा९एमाले०का पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई मंगलबार पक्राउ गरेको हो।
प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको सिआइबीका उच्च अधिकारीले बताए। प्रभु रेमिट्यान्स तथा सहकारीको पैसा प्रभु ग्रुपले हिनामिना गरेको विषयमा भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि रोकिँदै आएको थियो। प्रभु ग्रुपकै पूर्वसञ्चालक कुसुम लामाले भट्टचनविरुद्ध उजुरी गरेकी थिइन्। उनी प्रभु समूहका अध्यक्ष हुन्। सिआइबीका प्रमुख मनोज केसीले रेमिट्यान्सको रकम ठगीसम्बन्धी विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij