सिन्धुलीमाढी : बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६, चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेल रहेका छन्। दुर्घटनामा अर्जेलकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन्।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.७ च.७५५४ नम्बरको कार आफैं अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि तत्काल उद्धार कार्य सञ्चालन गरी तीनै जनालाई आत्मिय सामुदायिक अस्पताल खाल्टेमा उपचारका लागि लगिएको थियो। कार चालकसमेत रहेका ओमबहादुर अर्जेललाई अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।
अन्य दुबै घाइतेको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij