Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी आन्दोलनपछि क्षतिग्रस्त बुङ्गमती प्रहरी प्रभागको भवन पुनःनिर्मित, हस्तान्तरण सम्पन्न

जेनजी आन्दोलनपछि क्षतिग्रस्त बुङ्गमती प्रहरी प्रभागको भवन पुनःनिर्मित, हस्तान्तरण सम्पन्न

ललितपुर : गत भदौ २४ गतेको जेनजी आन्दोलनमा क्षति पु¥याइएको बुङ्गमती (भैँसेपाटी) प्रहरी प्रभागको भवन स्थानीय समुदाय र व्यवसायीको सहयोगमा पुनःनिर्माण गरी प्रहरीलाई हस्तान्तरण गरिएको छ।

स्थानीय सुमन महतको संयोजकत्वमा ११ सदस्यीय पुनःनिर्माण समितिले निर्माण कार्य सम्पन्न गरेको हो। समितिले २०० भन्दा बढी स्थानीय, व्यवसायी, सङ्घसंस्था र समाजसेवीबाट स्वस्फूर्तरूपमा संकलन गरिएको रु ४९ लाख ५४ हजार ६८ रकमबाट भवन निर्माण सम्पन्न गरेको महतले जानकारी दिनुभयो।

हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले स्थानीयको सहयोगलाई प्रशंसा गर्दै सार्वजनिक सम्पत्तिको क्षति पुर्याउनेहरूलाई कानुनी दायरामा ल्याउन कुनै कमी नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, शान्तिपूर्ण समाज निर्माणका लागि प्रहरी र स्थानीयको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले पनि सबैको योगदानको प्रशंसा गर्दै “आन्दोलनका कारण विस्थापित प्रहरी प्रभाव पुनःस्थापित भएको छ” बताउनुभयो। आन्दोलनका क्रममा लुटिएका केही हतियार अझै बरामद हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी चक्र जोशीले जानकारी दिनुभयो।

यस्तै, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य निरु खड्काले प्रहरीलाई ५४ सेट ट्रयाकसुट लगायतका सामग्री हस्तान्तरण गर्नुभएको छ। स्थानीय नेताहरू र समाजसेवीहरूको समन्वयमा पुनःनिर्माण कार्य छिटो सम्पन्न भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij