Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सल्यानमा अवैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

सल्यानमा अवैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

सल्यान : सल्यानमा अवैध रूपमा भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका–७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोका रहेका छन्।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नेत्र ब. रानाको कमाण्डमा खटिएको चार जनाको टोलीले रोकाको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरदेखि केही दूरीमा पूर्वतर्फ बाँसको झ्याङभित्र सुकेको स्याउलाले छोपेर लुकाइएका अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो।

प्रहरीका अनुसार फेला परेको बन्दुक अवैध रूपमा राखिएको पुष्टि भएपछि रोकालाई नियन्त्रणमा लिइएको हो। उनलाई हाल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देवस्थलमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij