Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

झापामा रात्री बस दुर्घटना, चालकसहित १९ जना घाइते

झापामा रात्री बस दुर्घटना, चालकसहित १९ जना घाइते

दमक :  झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा मङ्गलबार बिहान रात्री बस दुर्घटना हुँदा चालकसहित १९ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएर दुर्घटना भएको हो। बसमा २५ यात्रु सवार थिए।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा उद्धार कार्य गर्दै घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाएका थिए। घाइते १९ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बस चालक ३९ वर्षीय राजु भुजेल पनि रहेका छन्।

प्रहरीका अनुसार घाइते हुनेहरू मध्ये अधिकांश रामेछाप मन्थली र झापाका बासिन्दा हुन्। अस्पतालका अनुसार सबै घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको झापा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij