Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रौतहटमा शंकर साह हत्या प्रकरणमा प्रहरीमाथि हत्यारा जोगाउने आरोप

रौतहटमा शंकर साह हत्या प्रकरणमा प्रहरीमाथि हत्यारा जोगाउने आरोप

रौतहट : रौतहटको फतुवाबिजयपुर–२ सितलपुर निवासी शंकर साहको हत्या भएको १५ दिन बितिसक्दा पनि प्रहरीले हत्यारालाई कारबाही नगरेको भन्दै मृतक परिवारले गुनासो गरेका छन् ।

मृतकका छोरा सन्तोष साहले फतुवाबिजयपुर इलाका प्रहरीले हत्यारालाई जोगाउने प्रयास गरेको आरोप लगाए । उनले हत्यामा स्थानीय हरिदेव राय यादव, कपिलदेव राय यादव, ब्रह्मदेव राय यादव, सरेश राय यादव, अरबिन्दकुमार यादव र रितेशकुमार यादव संलग्न रहेको दाबी गरे ।

‘हामीलाई अरु केही होइन, न्याय चाहिएको हो,’ साहले भने, ‘तर प्रहरी प्रमुख स्वयं हत्यारालाई जोगाउने खेलमा लागेका छन् ।’ पीडित परिवारले प्रहरी प्रशासनले घटनाको निष्पक्ष अनुसन्धान नगरी हत्याराकै पक्ष लिएको आरोप लगाउँदै पत्रकार र समाजसँग न्यायको गुहार मागेका छन् ।

यसैबीच, आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले हत्यारालाई कानूनी दायरामा ल्याउन गृह प्रशासनको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले प्रहरी अधिकारी सुरेन्द्र यादवमाथि लागेको आरोपको छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij