Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

थापाथलीमा गुठीको जग्गामा महानगरको डोजर

थापाथलीमा गुठीको जग्गामा महानगरको डोजर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले थापाथलीमा रहेको गुठीको जग्गामा बनेका घर टहरामा डोजर चलाएको छ । नगर प्रहरीका अनुसार गुठी संस्थानको जग्गामा अवैध ढङ्गले टहरा, घरहरू निर्माण गरेपछि महानगरले डोजर चलाएको हो ।

‘हामीले गुठी संस्थानको सहकार्यमै डोजर चलाएका हौँ । ५–७ वटा घर टहरा छन्, तिनीहरू हटाउन डोजरको प्रयोग भएको हो,’ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले भने ।

थापाथली चोकको ट्राफिक आइल्याण्ड नजिकै टहराहरू निर्माण भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij