Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मन्त्री बन्न लागेका खगेन्द्र सुनारमाथि फौजदारी मुद्दा, अदालतले पक्राउ पुर्जी जारी गरेको तथ्य सार्वजनिक

मन्त्री बन्न लागेका खगेन्द्र सुनारमाथि फौजदारी मुद्दा, अदालतले पक्राउ पुर्जी जारी गरेको तथ्य सार्वजनिक

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ लिन लागिरहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलेको छ ।

दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनारविरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता भएको पाइएको हो । उनीमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा दायर गरिएको अदालतको अभिलेखमा उल्लेख छ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले दायर गरेको सो मुद्दामा अदालतले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

२०८१ असार १४ गते दायर मुद्दामा अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै, पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरी उपस्थित गराउने’ निर्देशन दैलेख प्रहरीले दिएको थियो । त्यसपछि २०८१ मङ्सिर २१ गते अदालतले पुनः सुनारलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेको अभिलेखमा जनाइएको छ ।

सुनारविरुद्धको जाहेरी गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले दिएका थिए । अदालतको अभिलेख सार्वजनिक भएपछि मन्त्री बन्न लागेका सुनारको नियुक्ति र शपथलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij