Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नवलपरासीबाट फरार कैदीबन्दी पाल्पामा पक्राउ

नवलपरासीबाट फरार कैदीबन्दी पाल्पामा पक्राउ

बुटवल : जेनजी आन्दोलनको क्रममा गत भदै २४ गते नवलपरासी कारागारबाट फरार रहेका कैदी बन्दी पाल्पामा पक्राउ परेका छन् । कारागार कार्यालय नवलपरासीमा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका कास्की पोखरा महानगरपालिका–२१ बस्ने २८ वर्षीय श्याम भनिने समीर गुरुङलाई आज तानसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले गोप्य सूचनाको आधारमा आज बिहान प्रहरी चौकी प्रभास पाल्पाबाट प्रहरी खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए । फरार रहेका गुरुङ ससुराली तानसेन नगरपालिका–१०, साडिखोलामा बसेका थिए । उनलाई कारागार कार्यालय नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij