Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बागलुङको फल्लेघरमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङको फल्लेघरमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका ९ फल्लेघर भन्ने स्थानमा आइतबार बिहान जिप दुर्घटना भएको छ ।

ढोरपाटन उपत्यका घुमेर फर्कने क्रममा लु ३ च ६८४७ नम्बरको स्कारपियो जिप दुर्घटना हुँदा सवारमा दुई जना सामान्य घाइते भएका छन् । घाइतेको पहिचान खुलेको छैन । प्युठान हुँदै ढोरपाटन घुम्न आएको टोली ढोरपाटन घुमेर फर्कने क्रममा दुर्घटनामा परेको जनाइएको हो ।

जिपमा राष्ट्रिय गुठि सँस्थानका अध्यक्ष, नेपाल सरकारका दुई जना सहसचिवसहितको टोली रहेको स्थानीय बिरबहादुर विश्वकर्माले बताउनुभएको छ  ।

घटनाको विषयमा जानकारी प्राप्त भएसँगै थप अनुसन्धान र उद्धारका निम्ति प्रहरी टोली घटनास्थलमा गइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । जिप सालझण्डी ढोरपाटन सडकमा पल्टिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij