Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था

आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था

हेटौँडा :  छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न हेटौँडा नगरक्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार छठ घाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने छ । व्रतालुहरू पूजा गर्न नदी तटमा

जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकाले विशेष टोली, मोबाइल गस्तीदेखि र ‘स्ट्राइकिङ’ सहितका प्रहरी परिचालन गरिने उनले बताए ।

तत्काल प्रतिक्रियाका लागि ‘क्यूआरटी’ अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलत्तै उक्त टोली घटनास्थलमा पुग्ने गरी सम्पूर्ण तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij