गौशाला (महोत्तरी) : महोत्तरीको गौशाला नगरपालिका–५ माछा बजार क्षेत्रमा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर रमेश लामाका अनुसार मृतक सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा हुन् ।
स्थानीयले बिहान शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचना पाउना साथ प्रहरी टोलीले घटनास्थल पुगेर मुचुल्का उठाई शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको हो ।
स्थानीयका अनुसार, बैठा करिब ३–४ वर्षदेखि गौशालास्थित विभिन्न होटलमा काम गर्दै आएका थिए । उनी केही दिनदेखि स्वास्थ्य समस्या भोगिरहेका थिए र अत्यधिक मदिरा सेवन गर्ने गरेको बताइएको छ ।
प्रहरीले अत्यधिक मादक पदार्थ सेवनकै कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक आशंका गरेको छ । यद्यपि, घटनाको ठोस कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै पुष्टि हुने जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij