काठमाडौँ : मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका एक कैदीको पूर्वी नवलपरासीको गैँडाकोटमा हत्या भएको छ। २८ वर्षीय नारायण कुमाललाई शुक्रबार राति धारिलो हतियार प्रहार गरी समूहगत रूपमा हत्या गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी युवराज खड्काले जानकारी दिए।
गैँडाकोट नगरपालिका–१ इँट्टाभट्टा नजिक भएको घटनामा ५–८ जनाको समूह संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भएको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
मृतक कुमाल चितवनको कालिका नगरपालिका–४ पदमपुरका बासिन्दा हुन्। उनी बलात्कार कसुरमा अदालतबाट १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको सजाय भोगिरहेका थिए।
भदौ २४ गते ‘जेनजी’ प्रदर्शनको क्रममा भिमफेदी कारागारबाट फरार भएका कुमाललाई २०७४ साउन ३ गते प्रहरीले पक्राउ गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij