पोखरा : पोखरा–५ पस्र्याङमा शनिबार बिहान धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। कास्की प्रहरीले दिएको जानकारीअनुसार स्थानीय अनिल पराजुलीको हत्या भएको हो।
प्रारम्भिक अनुसन्धानका अनुसार स्थानीय ईश्वर तिमिल्सिनाले विवादपछि घर फर्कने क्रममा पराजुलीमाथि आक्रमण गरेका थिए। आक्रमणपछि फरार भएका तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए।
हत्या गरिएका पराजुली र पक्राउ परेका तिमिल्सिना आपसमा साथी रहेको खुलेको छ। पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij