Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी आन्दोनलका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

जेनजी आन्दोनलका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं :  जेनजी आन्दोनलका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ परेका छन् ।बर्दियाको बढैयाताल गाउँपालिका(३ घर भई काठमौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा गिरीलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानका क्रममा उनको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको थियो ।

गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij